तपाईँ सुन्दै हुनुहुन्छः

अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने

मेलम्ची । स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीलाई अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने भएको छ ।

आफ्नो ड्युटी सकेर घर गएका स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीलाई सुरक्षा सतर्कताको नाममा बाटो छेक्ने, घरबाट निकाल्न खोज्ने, गैर कानुनी चेक जाँच गर्ने, कानुन विपरीतको काम गर्ने, हतोत्साहित बनाउन खोज्नेलगायतका काम गरेको गुनासा आएपछि त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्ने निर्णय भएको हो ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्वास्थ्य कर्मी र सुरक्षा कर्मीको मनोबल गिराउन खोज्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य कर्मी र सुरक्षा कर्मीमाथि अमानवीय व्यवहार भएको व्यापक गुनासा आएको थियो ।

त्यसै गरी अनावश्यक रूपमा एम्बुलेन्सको दुरुपयोग गरी मानिस ओसारपसार भएकोलाई नियन्त्रण गर्न यात्राको सुरुदेखि गन्तव्यसम्म एम्बुलेन्सलाई निगरानीमा राखेर चेकजाँज गरिने भएको छ ।

त्यस्तै नेपाल भारत सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति आवश्यक देखिएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी लिएका महत्त्वपूर्ण स्थान र प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा दिने प्रबन्ध मिलाउन कारबाही अगाडि बढाइने सुरक्षा समितिले निर्णय गरेको छ ।

साथै जुगल गाउँपालिकास्थित रत्न राज्य मावि चनौटेमा रहेको क्वारेनटाइनमा सुरक्षाका लागि सुरक्षा कर्मी माग भएको हुँदा एक नेपाल प्रहरी र दुई सशस्त्र प्रहरी पठाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button