तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा २१ जना कोरोना सङ्क्रमित निको भएर फर्किए

 नेपालगन्ज  । बाँकेका पहिलो कोरोना सङ्क्रमित ६० वर्षीय पुरुषसहित २१ जना आज निको भएर घर फर्किएका छन् ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र वडा नम्बर ८ का २० जनालाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो ।

२४ घण्टाभित्र गरिएको दुई वटा परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि १२ पुरुष र ९ महिलालाई आज फूल माला र खादा लगाएर बिदाइ गरिएको डा.थापाले बताउनुभयो ।

बाँकेमा पहिलो पटक गत वैशाख १९ गते १ जनामा कोरोना सङ्क्रमण देखिए यता हालसम्म १ सय १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये १ जनाको क्वारेनटाइनमा मृत्यु भएको थियो । सङ्क्रमित ७९ जनाको दाङ, नेपालगन्ज, खजुरा र कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button