तपाईँ सुन्दै हुनुहुन्छः

र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि लकडाउनमा थप कडाइ

कञ्चनपुर  । कञ्चनपुरको पुनर्वास निवासी एक जनामा र्यापिड डाइग्नोष्टिक टेष्टमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएपछि नगरपालिका भित्र लकडाउनमा थप कडाइ गरिएको छ ।

बिहीबार गाैरीफन्टा नाकाबाट कञ्चनपुर भित्रिएका मध्ये पुनर्वासका एक जना पुरुषमा र्यापिड टेस्ट पोजेटिभ देखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताउनुभयो ।

शुक्रवार नगरपालिकामा बसेको एक बैठकले पुनर्वासमा बिहान ७ बजे देखि १० बजेसम्म बजार खुल्दै आएकोमा शनिवार देखि लागू हुने गरी बिहान ६ बजे देखि ८ बजेसम्म मात्र अत्यावश्यक सामग्रीका पसल खोल्न पाउने निर्णय भएको नगर प्रमुख थापाले बताउनुभयो ।

यसैबिच, उक्त बैठकले थप नयाँ क्वारेनटाइन व्यवस्थापन गर्ने निर्णय समेत गरेको पुनर्वास नगरपालिकाले जनाएको छ ।

हालै भारतबाट फर्किएका एक सय जनालाई पुनर्वास नगरपालिका भित्रका विभिन्न क्वारेनटाइनमा राखिएको छ । उहाँहरू सबैको खाना र आवासको व्यवस्थापन नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button