तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा ४२ जनाको पिसिआर र ६२६ जनाको आरडिटि विधिबाट कोरोना परीक्षण

इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमणको पिसिआर विधिबाट परीक्षणको लागि ४२ जनाको स्वाब सङ्कलन गरिएकोमा १६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

अन्य २६ जनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय इलाका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताउनुभयो ।

इलाम अस्पतालका ११ जना स्वास्थ्य कर्मीको समेत पिसिआर विधिबाट परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले बताउनुभयो ।

जिल्लामा हालसम्म ६२६ जनाको आरडिटि विधिबाट परीक्षण गरिसकिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको जनाइएको छ ।

छिमेकी जिल्ला झापामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा इलाममा परीक्षणको दायरा बढाउन तयारी भइरहेका बरालले बताउनुभयो ।

स्थानीय तहहरूले पिसिआर परीक्षण बढाउन भिटिएम(स्वाब सङ्कलन गरिने किट) खरिद गर्ने भएका छन् ।

भिटिएम खरिद गर्ने भएपछि परीक्षण गर्न जनशक्ति तयार गर्न बिहीबार स्थानीय तहमा रहेका स्वास्थ्य कर्मीलाई तालीम दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button