तपाईँ सुन्दै हुनुहुन्छः

हर्था बर्लिन र एफसी युनियन बर्लिन आमने सामने

जर्मनी । दुई महिना पश्चात गत साताबाट पुनः शुरु भएको जर्मन बुन्डेस लिगा अन्तर्गत आज हुने २७औं चरणको खेलमा बर्लिन डर्बी क्लबहरु हर्था बर्लिन र एफसी युनियन बर्लिन आमने सामने हुँदैछन् ।

जारी बुन्डेस लिगाको अंक तालिकामा २६ खेल पश्चात हर्था बर्लिन ३१ अंक सहित ११औं स्थानमा छ भने समान खेलबाट ३० अंक भएको युनियन बर्लिन १२औं स्थानमा छ । आजको खेल जित्ने टोली अंक तालिकाको शीर्ष दशमा अटाउनेछ ।

कोरोना महामारीका कारण २५ चरणका खेलहरु पश्चात रोकिएको बुन्डेस लिगा गत साताबाट सुचारु गरिएको हो । बुन्डेस लिगाको ताजा अंक तालिकामा बायर्न म्युनिख ५८ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ५४ अंक भएको बोरुसीया डर्टमन्ड दोस्रो स्थानमा छ भने ५२ अंकसहित बोरुसीया मोन्चेन ग्ल्याडबाक तेस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button