तपाईँ सुन्दै हुनुहुन्छः

सधवा महिलाले लकडाउनका बीच दूरीसहित वटसावित्रीको पूजा गर्दै

अजय कुमार झा, जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरुमा सधवा महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामनासहित वट सावित्रीको पूजा आज गरिरहेका छन् ।

जेष्ठ महिनाको औंसी तिथिका दिन वटसावित्रिको पूजा गर्ने चलन रहेको छ । यस पटक लक डाउन भएका कारणले महिलाहरु निश्चि दूरी कायम गरेर घरको छेउँ तथा आगन एवं छतमा नै वटको विरुवा रोपेर विधि पूर्वक पूजा अर्चना गरिरहेका छन् ।

विगतका वर्षहरुमा जनकपुरधामको राममन्दिर, गणेश मंन्दिर सहितको धार्मिक स्थलहरुमा रहेको वरको रुखमा पूजाका लागि हजारौ सधवा महिलाहरु भेला हुने गरेकोमा यस पटक प्रायः आफ्नै घरको आंगन वरको हाँगा रोपेर पूजा गरेकी छिन् । वटको बृक्षले अत्यधिक अक्सिजन दिने भएकाले पर्वलाई प्रकृतिको संरक्षण गर्नु पर्ने शन्देश पनि दिएका छन् ।

आजको दिन ब्रतिले रातो, हरियो तथा पहेलो रंगको नयाँ तथा शुद्ध वस्त्र, विभिन्न प्रकारका शौभाग्य सूचक आभूषणहरु लगाएर वरको पूजा गर्ने चलन रहेको छ । कतिपय नव विवाहिताहरुले दम्पत्ति साथमा ने बसेर पूजा गर्ने चलन रहेको छ । यस दिन ब्रतिले ब्रत गरिसकेपछि २४ घण्टामा एक पटक नुन सहित शुद्ध खाने कुरा मात्र ग्रहण गर्ने गरेका छन् ।

केही वर्ष अगाडीसम्म मैथिल बाहुन, कायस्थ, सोनार, कुम्हार, लोहार सहितको सिमित जातिले मनाईदै आएको यो पर्व अहिले विभिन्न जातिहरुका सधवा महिलाहरुले मनाउन थालिईएको छ । वट सावित्रीको पूजा गर्ने जातिको संख्या बढ्दै गएको छ । अव यो पर्व सवैको हुदै गएको सामाजशास्त्रका अध्येता एवं शिक्षिका, ब्रति अनिता कुमार झाले बताउनु भयो ।

खास गरेर यो पर्व गरेकै कारणले सावित्रीको पति सत्यवानको मृत्यु भएपनि पर्वको प्रभावले जीवित भएको धार्मिक मान्यता रहेको छ । अर्थात पतिमा जस्तो सुक्कै संकट आउदा पनि ब्रतले संकटको निवारण गर्ने विश्वासका पर्वका ब्रतिहरुमा रहेको छ ।

यस पर्वमा प्रसादको रुपमा आँप, लिचि, केला, चना, मिष्ठान्न चढाउने चलन रहेको छ । यसैगरी, वरलाई रातो तथा पहेलो धागोले बेर्ने र त्यसमध्येका केही अंशपतिको देब्रे हातमा बाँधेर रक्षाको कामना गर्ने चलन रहेको छ ।

यसैगरी, बाँसको पंखाले पतिलाई शितल बनाउने काम गरिन्छ । खास गरेर यस महिनामा घाम तथा गर्मी बढी भएका कारणले त्यसो गरिएको हुनु सक्ने संस्कृति विद डा. रेवतिरमण लालको कथन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button