तपाईँ सुन्दै हुनुहुन्छः

दुईलाख नगद सहित जनकपुरधामवाट पाँच जुवाडे पक्राउँ


जनकपुरधाम । कोरोनाको संक्रमण फैलिन नदिनका लाग जारी रहेको लक डाउनको समयमा तास खेलिरहेका पाँच जनालाई आज धनुषा प्रहरीले पक्राउँ गरेको छ ।

आज दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ९ पिडारी चौकमा रहेका जानकि वाटिकाको गेष्टहाउसमा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले तास खेलीरहेको अवस्थामा नै पक्राउँ गरेको हो ।

पक्राउँ पर्नेहरुमा धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नंं ७ का बर्ष ५६ को किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ८ का बर्ष ५५ को बिल्टु बरही, वडा नं. १३ का बर्ष ३५ को मोसतकिङ राईन, यसै ठाउँका बर्ष ४७ को जसिन कवाडि र बर्ष ३४ को रमेश साहु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।

उनीहरुको साथवाट दुई लाख सात हजार पाच सय पचासि नगद तथा केही थान तास पनि बरामद गरेको छ । लक डाउनको शान्त वातारणमा जुवा खेलेको पाईएको प्रहरीको कथन रहेको छ । खास गरेर लक डाउनका कारणले चहल पहल कम रहेको र प्रहरी अन्य काममा लागेको मौकामा जुवा खेलेको पाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button