तपाईँ सुन्दै हुनुहुन्छः

मुम्बई तथा दिल्लीवाट आउनेमा संक्रमण बढी, व्यवस्थापन चुनौतिका बाबजुत जनकपुर ल्याईदै


जनकपुरधाम । भारतको मुम्बई तथा दिल्लीवाट नेपाल फर्किएका धेरै व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि यसको व्यवस्थापन गर्नमा प्रदेश नंं २ मा चुनौति थपिएको छ ।

आज मात्र सर्लाही जिल्लाको गोडैता नगरपालिकाको रामनगर बौहर्वामा १५ जना संक्रमित व्यक्ति फेलापरेपछि संक्रमितहरुलाई राख्नका लागि समस्या उत्पन्न भएको छ । जिल्ला संकट व्यवस्थापन समिति सर्लाहीको वैठकले कोभिड अस्पताल जनकपुरधामको आईसोलेशनमा पठाउने निर्णय गरेको छ ।

जनकपुरधामको प्रादेशिक अस्पतालको कोभिड २ लेभलको अस्पतालमा क्रिटिकल अवस्थाका विरामीलाई राख्नका लागि वेड सुरक्षित राख्ने नीतिमा प्रदेश नं. २ का स्वास्थ्य निर्देशनालय भएकाले सर्लाहीका संक्रमितलाई मलंगवामा कै आईसोलेशनमा राख्नका लागि समन्वय भईरहेको उप निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको थियो ।

उहाले लक्षण नै देखा नपरेका संक्रमितहरुलाई जनकपुरधामको प्रादेशिक अस्पतालमा ल्याएर भर्ना गरिएको खण्डमा गंभिर अवस्थाका कोरोना विरामीलाई कसरी उपचार गर्ने भन्दै जिल्लामा नै आईसोलेशन स्थापना गरेर उपचार गर्नका लागि आग्रह गरिएको थियो । तर सर्लाहीमा तयारी नभएकाले जनकपुरधाम नै ल्याउने कामकाज भईरहेको छ । जनकपुरधाममा ५० वेडको आईसोलेशन रहेको छ । अहिले ९ जना कोरोना संक्रमित रहेका छन् ।

शुक्रवार विहान मात्र उक्त नगरपालिकाको वडा नंं ८, ९, ११, १३ र १४ वौहर्वाका १ महिला सहित १५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ताले विज्ञप्ति जारी गर्दै जनाएका थिए ।

संक्रमित मध्ये १४ जना मुम्बई, १ जना दिल्लीवाट जेठ ४ गते देखि ७ गतेसम्म सर्लाही आएर गाउँकै क्वारेन्टाईनमा वसेका थिए । उनीहरु भारतको सवै भन्दा जोखिममा रहेको शहरवाट आएकाले चाडै पिसिआर परिक्षण गर्ने काम भएका थिए । अहिले भारतमा जोजगारी तथा अध्ययनका लागि गएकाहरु रेल चलेपछि नेपालको औपचारिक मार्गवाट नेपाल आईरहेका छन् । उनीहरु उच्च जोखिममा रहेको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button