तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश राहत कोषमा नेपाल बंगलादेश बैंकको ५ लाख सहयोग


जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं. २ सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

बैंकको प्रदेश कार्यालय बर्दीवास र जनकपुर शाखाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।

उक्त अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साह पनि उपस्थित रहनु भएको थियो । प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंक तथा वित्तिय संस्थाले आर्थिक सहयोग गरेका छन् । उक्त कोषमा समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् । राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button