तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना संक्रमितको संख्या १ लाख २५ हजार नजिक

काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २५ हजार नजिक पुगेको छ । एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button