तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मकै बालीमा फौजी किराको प्रकोप

सल्यान । अमेरिकन फौजी किराको प्रकोपले सल्यानमा मकै बालीमा क्षति पुर्‍याएको छ । वर्षे बालीको रूपमा रहेको मकैमा फौजी किराको प्रकोप बढेपछि किसान समस्यामा परेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका, कपुर कोट गाउँपालिकालगायतका क्षेत्रमा फौजी किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

जिल्लामा पहिलो पटक फौजी किराको प्रकोप देखा परेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेसम कुमार बस्नेतले बताउनुभयो ।

फौजी किराको प्रकोप नियन्त्रण बाहिर गई सकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘पहिलो र दोस्रो चरणको अवस्थामा किटनाशक औषधी प्रयोग गर्न सकिन्छ तर कुमाखमा तेस्रो र चौथो चरणमा पुगी सकेकोले नियन्त्रण गर्न समस्या छ ।’ पाखो बारीमा रोपेको मकैमा पनि प्रकोप फैलन सक्ने भएकाले सजगता अपनाउन किसानलाई सुझाव दिइएको उहाँको भनाई छ ।

फौजी किरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो यो रातको समयमा बढी शक्रिया हुने गर्छ उहाँले बताउनुभयो । मकैमा लागेको किराका कारण उत्पादनमा ७० देखि ८० प्रतिशत क्षति पुर्‍याउने उहाँको भनाई छ ।

कुमाख गाउँपालिकाको रागे चौर, स्थानीपिप्ली, शान्तिनगर, भण्डार खोला, झाँरकाँडालगायतका क्षेत्रमा फौजी किराको प्रकोप बढी देखिएको छ ।

मकैले धान चौर गर्ने समयमा फौजी किराको प्रकोप देखिएको भण्डार खोलाका किसान मेघ बहादुर शाहले बताउनुभयो । कुमाख गाउँपालिकाका करिब एक सय ८० घरधुरीले २२ हेक्टरमा लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button