तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता, खोजी कार्य जारी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ पुरानो केडिसी नजिक नहरको साइफन नजिकै नुहाउँदै गरेका एक युवक बेपत्ता भएका छन् ।

महाकाली सिँचाई आयोजना अन्तर्गत रहेको महाकाली नहरमा पौडी खेल्ने क्रममा शनिवार दिउँसो नहरमै बेपत्ता भएका युवकको पहिचान भने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार ती युवक नहरमा एक्लै पौडिरहेका थिए ।

प्रहरी प्रवक्ता पौडेलले बेपत्ता युवकको खोजी कार्य जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button