तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन वन कार्यालयद्वारा ४ लाखको काठ बरामद

बारा । डिभिजन बन कार्यालय सिमरा बाराले टाँगियाबस्तीमा छापामारी गरी आज लुकाईछिपाई राखिएको चार लाख मुल्य बराबरको सालको काठ बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्तीमा लुकाईछिपाई राखिएको १ सय ३३ क्युफिट काठ बरामद गरेको हो ।

बस्तीका विभिन्न सात वटा ठाउँको बारी तथा गोठमा लुकाईछिपाई राखिएको ११ थान काठको गोलिया र १ सय २६ थान चिरानको काठ बरामद भएको डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

बरामद काठलाई सब डिभिजन कार्यालय तामागढीको नियन्त्रणमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको अहमदले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button