तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट संसारभर ३ लाख ४० हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५३ लाख ३२ हजार नाघेको छ । हालसम्म ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भएको छ ।

यसैगरी उपचारपछि स्वस्थ्यलाभ गर्नेको संख्या २१ लाख ७५ हजार भन्दा बढी रहेको छ ।

अमेरिकामा १६ लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् भने ९७ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ ।

यसैगरी बेलायतमा संक्रमितको २ लाख ५४ हजार भन्दा बढी नाघेको छ भने ३६ हजार ३ सय ९३ जनाको मृत्युु भएको छ ।

छिमेकी मुुलुुक भारतमा १ लाख २६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ३ हजार ७ सय ५४ जनाको मृृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button