तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर संक्रमित ५५ लाखको हाराहारीमा, ३ लाख ४६ हजारको मृत्यु

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजार ६ सय ८५ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाखको हाराहारीमा पुगेको छ ।

वल्डोमिटरर्सको नेपाली समयानुसार सोबार बिहानसम्मका तथ्यांक अनुसार विश्वभर ५४ लाख ९८ हजार २ सय ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

विगत २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २२४ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख ४८ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

नेपालमा सोमबार बिहान सम्म संक्रमितको संख्या६ सय ३ पुगेको छ भने १ सय ५ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै ३ जनाको भने कोरोना संक्रमणकै कारण निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button