तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा

काठमाडौं। कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ

सूचीको सबैभन्दा माथि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की तथा भारत छन्
भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार त्यहाँ ४ हजार २४ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशहरुको सूचीमा भारत १५औं स्थानमा छ। भारतमा ५७ हजार ६ सय ९२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button