तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरका कृषक फौजी किराबाट पिडित, वडाले बाँडयो औषधी

भोजपुर । एकातिर कोरोना संकटको समस्या अर्कोतिर पुर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरूलाई अमेरिकन फौजी किराका कारण बाली जोगाउनै संकट भएको छ । गत बर्ष जस्तै अहिले पनि बारीमा लगाएको मकै अमेरिकन फौजी किराले नष्ट गर्न सुरू गरे पछि कृषकहरू मारमा परेका हुन ।

लकडाउनको समयमा जोगिएर खेती गरियो, तर बाली नै नष्ट हुन थाले पछि के गर्नु कृषक रामचन्द्र थापाले गुनासो गर्नु भयो । यता फौजी किराले बाली नष्ट गरे पछि सदरमुकाम देखि पुर्वी अरूण गाउँपालिकाको वडा नम्बर १ याङपाङले कृषकलाई फौजी किरा मार्न औषधी बितरण गरेको छ ।

अरुण गाउपालिका वडा नम्बर १ याङपाङमा अमेरिकन फौजी किराका कारण सबै मकै बाली नष्ट हुने स्थिती देखिएकाले औषधि खरिद गरि ६ सय १० घर धुरी लाई बितरण गरिएको वडा अध्यक्ष नगेन्द्र खत्रीले बताउनु भयो । कृषकको गुनासो आएका कारण रोकथामका लागि औषधि बितरण गरिएको अध्यक्ष खत्रीको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button