तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा रहेका आफ्ना नागरिकलाई फर्काउँदै चीन

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

कोरोनाको उद्गमस्थल भनिने चीनमा भन्दा धेरै प्रभावित बनिसकेको छ । विश्वमा धेरै प्रभावित देशमध्ये १० औँ स्थानमा पुगिसकेको छ ।

चीन सरकारले भारतमा फैलिरहेको कोरोनालाई मध्यनजर गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने घोषणा गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै नयाँ दिल्लीस्थित चिनियाँ राजदूतावासले यसबारे जानकारी दिएको हो ।

दूतावासको वेबसाइटमा प्रकाशित सो विज्ञप्तीका अनुसार कोरोनाका कारण भारतमै अड्किएका सबै नागरिकलाई विशेष डानमार्फत देश फर्काउन लागेको जनाइएको छ ।

स्वदेश फर्कने चाहने आफ्ना नागरिकलाई मे २७ को बिहानसम्म दूतावासमा सम्पर्क गर्न भनिएको छ । यद्यपी, दूतावासले कहिले र कहाँबाट उनीहरूलाई विशेष उडानमार्फत देश फर्काउने छ भन्ने बारेमा कुनै जानकारी दिएको छैन।

यसअघि भारतले पनि चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि आफ्ना ७ सय नागरिकलाई त्यहाँबाट विशेष उडानमार्फत उद्धार गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button