तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीका दुई जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ

मेलम्ची । कोरोनाको आशङ्कामा मेलम्चीका दुई जनामा गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङ्कामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखाएपछि उनीहरूको स्वाब सङ्कलन पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।

उनीहरूको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डा.विनोद केसीले जानकारी दिनुभयो ।

कोरोना परीक्षणका लागि एक जना स्वास्थ्य कर्मी  र एम्बुलेन्स चालकको स्वाब सङ्कलन गरी पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button