तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज पारित हुँदै

फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधवार पारित हुँदै छ ।

मङ्गलवार संसद्मा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम आज पारित हुने भएको हो ।

बुधवार नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको बारेमा सरकारले जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ ।

बुधवार नै विशेष समयको व्यवस्थासमेत रहेको संसद् सचिवालयले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण नीति तथा कार्यक्रमको छलफललाई छोट्ट्याएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button