तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा विराटनगरको रानी नाका हुँदै २२५ जना नेपाली स्वदेश फर्किए

सुनसरी । सुनसरीमा भारतमा काम गर्न गएका दुई २५ जना नेपाली विराटनगरको रानी नाका हुँदै स्वदेश फर्किएका छन् । भारतमा कार्यरत उनीहरू भारतीय सवारी केही खुकुलो भएपछि स्वदेश फर्किएका हुन ।

अहिले उनीहरू सुनसरीमा रहेका विभिन्न क्वारन्टिनमा रहेको सुनसरी प्रहरीले जनाएको छ । हाल जिल्लामा तीन सय २२ जना क्वारेनटिनमा रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

विराटनगरको रानी नाकाबाट मात्रै अहिले भारतमा कार्यरत नागरिक भित्रिरहेको समेत प्रहरीले जानकारी दिएको हो ।

पछिल्लो समय भारतमा कार्यरत नेपाली स्वदेश फर्किएसँगै कोरोनाको त्रास बढेको गुनासो आइरहेको र उनीहरूलाई उचित कवारेन्टिनमा राख्न समेत नसकिएको भन्दै आलोचना भइरहेका बेला सुनसरीमा भने भारतबाट आएका सबै नेपालीलाई क्वारन्टिनमा राखेको तथा लुकीछिपी भित्रिएकाहरूलाई समेत नियन्त्रणमा लिएर क्वारेनटिन तथा होर्डिङ सेन्टरमा राख्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीकाप्रवक्ता विनोद शर्माले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button