तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम चौरजहारी घटनाः थप एक जनाको शव फेला


रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा भएको घटनापछि बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

जाजरकोट भेरी नगरपालिकाका सन्दिप बिकको ६ दिन पछि भेरी नदि किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । यससँगै चौरजहारी घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

उहाँका अनुसार अझै एक जना गोबिन्द शाही बेपत्ता नै छन । उनको पनि सुरक्षाकर्मी तथा स्थानीयहरुले खोजीकार्य जारी राखेका छन । गोविन्द शाही अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । यसअघि नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको शव भेटिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button