तपाईँ सुन्दै हुनुहुन्छः

आज थप १ सय ७० जनामा कोरोना भाईरसको संक्रमण पुष्टी, मृत्यू हुनेको संख्या ६ पुग्यो

काठमाडौं । भारत बाट नेपाल आउने क्रममा यही जेष्ठ १० गते निधन भएका अर्घाखाँचीका ३५ वर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टी भएसंगै नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यू हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भुमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको जेष्ठ ११ गते नमूना लिई परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टी भएको जानकारी दिनुभयो ।

यसैगरी आज थप १ सय ७० जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

प्रवक्ता डा. देवकोटाले कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जना, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ४ जना र झापाका १ जना, नारायणी अस्पताल विरगन्जमा बाराका ४ जना र पर्साका ५ जना गरी जम्मा ९ जना, पाटन अस्पताल ललितपुरमा सर्लाहीका १ जना र गण्डकी अस्पताल पोखरामा म्याग्दीका १ जनामा संक्रमण पुष्टी भएको जानकारी दिनुभयो ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ जना र नवलपरासी देवचुलीका २ जना गरी जम्मा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २३ जना, रौतहटका ५६ जना र सर्लाहीका ४ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका २ जना र कपिलवस्तुका ९ जना गरी जम्मा ११ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जनामा संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हाल सम्म नेपालको ५२ जिल्लाका १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप १९ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म कूल २ सय ६ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

आज टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, कोरोना विषेश अस्पताल दाङ् बाट ८ जना, युनिफाईट कोभिड १९ अस्पताल बलम्बुबाट २ जना उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

हाल सम्म १ सय ६२ जना पुरुष र ४४ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा आज सम्म कूल ६४ हजार १ सय ५४ जनाको पिसीआर तथा एक लाख ५ हजार ४ सय ७८ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ जनाको पिसिआर र ३ हजार ४ सय ४४ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् भने विभिन्न अस्पतालका आईसोलेसनमा रहनेको संख्या १ हजार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button