तपाईँ सुन्दै हुनुहुन्छः

सपहीमा १ सय शैयाको आईशोलेशन वेड निर्माण शुरु

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालको आईशोलेशन वेडहरु कोरोना संक्रतिले भरिईएको कारणले थप आईसोलेशन वेड धनुषाको सपहीमा रहेको सिटिईभिटिको भवनमा निर्माणका गरिने भएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आज विहान बसेको बैठकले उक्त भवनमा आईसोलेशनको निर्माण गरिने भएको छ । अहिले निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने काम पनि भएको छ ।

निर्माणको कामकाज शुरु भएको र आज साँझसम्ममा कोरोनाको संक्रमित बिरामीलाई लगेर राख्ने धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरद कुमार पोखरेलले जानकारी दिनु भयो । सपही गाउँपालिकाको वडा नंं ३ मा रहेको सि टि ई भिटिईको भवन अत्याधुनिक तथा सुविधासम्पन्न रहेको छ ।

उक्त भवनमा १ सय वेडसम्म आईसोलेशन वेडको निर्माण गर्न सक्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । खास गरेका जनकपसरधामको प्रादेशिक अस्पतालमा रहेको आईसोलेशनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन् ।

खास गरेर कोरोनाको गम्भीर बिरामीहरुका लागि प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विषेश अस्पतालको वेडहरु सुरक्षित गर्नु पर्ने विशेषज्ञहरुले बताउदै आउनु भएकाले धनुषाको सि टिई भिटिईको नयाँ भवनमा आईसोलेशन निर्माण गरिन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button