तपाईँ सुन्दै हुनुहुन्छः

बारामा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ५८

बारा । बाारामा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।कोरोना पृष्टि हुनेमा पचरौता नगरपालिका वडा नं.२ का बर्ष २७ ,२८ र ४५ का र वडा नं.६ का २७ बर्षिय पुरुष रहेका छन् ।

योसँगै बारामा कुल कोरोना संक्रमितको सङख्या ५८ पुगेको बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । संक्रमित भएका पचरौता नगरपालिकका संक्रमितहरु गत बैशाख ३१ ग्ते भारतबाट नेपाल आएर क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु हुन् । उनीहरुका दुई साता अघि स्वाब सङकलन गरी काठमाडौँ टेकुस्थित प्रयोगशालामा पठाईएको थियो ।

हालसम्म पचरौता नगरपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मी र दुई जना नेपाली सेनाको जवान सहित १७ जनामा कोरोन देखिएको छ ।

आज कोरोना देखिएकाहरुलाई कलैया उपमहानगरपालिका गंगापुर स्थित शैक्षिक तालिम केन्द्रमा बनाईएको क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादबले जानकारी दिनुभयो ।

बारामा एक जना संक्रमितको मृत्यु भएको छ भने दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button