२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कालिमाटीका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ

रेडियो नेपाल २०७७ जेठ १७ गते १४:४६

काठमाडौँ – काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो । यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालिमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सिल गरेर पिसिआर परीक्षण गरिएको थियो ।

सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पिसिआर परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन् । दुवैजनालाई आजै होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म मुलुकभर गरेर २० प्रहरीलाई कोभिड–१९ देखिएको छ । उनीहरुमध्ये धेरैको उपचार भइरहेको र उपचारपछि रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टिनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिनुभयो । रासस

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

६ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

७ घन्टा अगाडि गुरमुरत यादव