तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृत्यु, एक जना घाइते

अत्तरिया कैलाली । कैलालीको गौरिगंगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ढिस्कोले पुरिएर मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिवार बिहान गणेश सामुदायिक वनमा माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिएर अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका ४० वर्षीय दुर्गा मन्नी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो ।

घाइते मन्नीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button