तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीलाई नमुना संकलन अभिमुखीकरण

भोजपुर । कोरोना परिक्षणको नमुना संकलनका लागि भोजपुरमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ ।

कोभिड १९ को नमुना परिक्षणका बिषयमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

अभिमुखीकरणमा ल्याब असिस्टेन्ट र प्राविधिक स्वास्थ्यकर्मी गरी १९ जनाको सहभागिता रहेको छ । अभिमुखीकरणबाट कोरोना भाइरसको आरडिटी र पिसिआरको स्वाब संकलनका विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराईएको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button