तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट २ हजार बढी गुल्मी भित्रिए

गुल्मी । पछिल्लो चार दिन यता भारतबाट आएका दुई हजार ३६ जना गुल्मी जिल्ला प्रबेश गरेका छन ।

अहिलेसम्म धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी तीन सय ३० जना आएको धुर्कोट गाउँपालिकाको कोरोना विशेष सूचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिनुभयो ।

सूचना अधिकारी क्रृषिराम पोख्रेलले हिजो कोराना संक्रमितको सम्पर्कमा आएका २३ जनाको स्वाब संकलन गरेर रुपन्देही पठाएको जानकारी दिनुभयो ।

विभिन्न समयमा रेसुङ्गा नगरपालिकामा भारतबाट आएका दुई सय ९० जनालाई विद्यालय र क्याम्पस गरेर आठ स्थानमा व्यावस्थापन गरिएको छ ।

अझै भारतबाट आउनेहरुको संख्या बृद्धि भइरहेकाले वडाहरुमा क्वारेन्टाइन बनाउने काम भइरहेको स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button