तपाईँ सुन्दै हुनुहुन्छः

संसारभर कोरोना संक्रमणबाट ३ लाख ६७ हजार ४ सय बढीको मृत्यु

काठमाडौं । विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३ लाख ६७ हजार ४ सय भन्दा बढी पुगेको छ ।

अहिले सम्म जम्मा संक्रमित ६० लाख ६२ हजार भन्दा बढी पुगिसकेको छ भने कोरोना भाइरसको उपचार पछि निको भएर घर फर्किनेको संख्या २६ लाख ८४ हजार ९ सय पुगिसकेको छ ।

कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कूूल संक्रमित १७ लाख ९५ हजार ६ सय भन्दा बढी हुदा १ लाख ४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

कोरोना संक्रमणबाट यूरोपेली राष्ट्रहरु इटली, स्पेन जर्मनी लगायत सबै प्रभावित भएका छन् ।

छिमेकी मुलुक भारतमा १ लाख ७४ हजार ४ सय भन्दा बढी संक्रमित हुदा ४ हजार ९ सय ८३ जनाको मृत्यु भैसकेको छ भने ८२ हजार ९ सय भन्दा बढी निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button