तपाईँ सुन्दै हुनुहुन्छः

पिसिआर मेशिन र आइसोलेसनका लागि ७५ लाख प्रदान

सप्तरी । पिसिआर मेसिन सञ्चालनका लागि प्रदेश नं २ सरकारले आज गजेन्द्रनारायण सिंह अस्पताललाई रु ५० लाख प्रदान गरेको छ ।

पिसिआर मेशिन सञ्चालनको तयारी र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अस्पताल प्रमुख डा चुमनलाल दासलाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण गर्दै मन्त्री साहले रकमकै कारण कुनै काम नरोकिने बताउँदै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री साहले राजविराजस्थित भीमदल गणलाई आजै रु २५ लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना व्यवस्थापन कोषबाट मन्त्री साहले भीमदल गणलाई आइसोलेसन सेन्टर व्यवस्थापनका लागि चेक हस्तान्तरण गर्नुभएको हो । उहाँले गजेन्द्रनारायण सिंह अस्पतालमा जडान भइरहेको पिसिआर मेसिन र साइकृष्ण कलेज एण्ड हस्पिटलमा बनिरहेको आइसोलेसन सेन्टरको निरीक्षणका साथै जानकारी लिनुभयो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले आइतबार डेमो परीक्षण गरी सोमबारदेखि स्वाबको पिसिआर परीक्षण गर्ने योजना रहेको जानकारी दिनुभयो । पिसिआर मेशिन यही जेठ ९ गते नै राजविराज आइपुगेको हो । एक–दुई दिनभित्रै ९२ श्ययाको आइसोलेसन सेन्टर तयार हुने गणले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button