तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको एकै नगरपालिकाका २५ जनामा कोरोना सङ्क्रमण

सल्यान । कर्णाली प्रदेश कोरोना भाइरसको नयाँ इपि सेन्टर बनेको छ । शनिवार रातिसम्म कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पाँच पुगेको छ ।

भारतबाट फर्किएर क्वारेनटाइनमा बसेकाहरूलाई कोरोना पुष्टि भएको हो । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा महाशाखाले दिएको जानकारी अनुसार कर्णालीका शनिवार रातिसम्म सङ्क्रमितको सङ्ख्या एक सय पाँच पुगेको छ ।

महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो पटक पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

उक्त केन्द्रमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका मात्रै २५ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन्। कँडेलका अनुसार बनगाड कुपिन्डे नगरपालिका ा(१,२, ३, ४, ६ र ७ नम्बर वडाका २५ जनामा कोरोना पुष्टि भएको हो ।

सङ्क्रमित हुनेमा बन गाड कुपिण्डे नगरपालिका १ का १९, २०, ४० ६० वर्षीय पुरुष, वडा नं. २ का १९ वर्षीय पुरुष, वडा नं. ३ का १७, २७, २७, ३८, वडा नं. ४ का १८, ३३, ४४ वर्षीय पुरुष छन् । यस्तै वडा नं. ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षीय पुरुष तथा वडा नं. ७ का ३८ वर्षीय पुरुष रहेका छन् ्। सङ्क्रमित सबै क्वारेनटाइनमा बस्दै आइरहेका छन् ।

योसँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक सय पाँच पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button