तपाईँ सुन्दै हुनुहुन्छः

संविधान (दोस्रो संशोधन) विधेयक सङ्घीय संसद्को प्रतिनिधिसभामा पेस

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संविधान (दोस्रो संशोधन) विधेयक पेस भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई पेस गर्नु भएको हो ।

संविधान संशोधन विधेयक पेस गर्नुहुँदै कानुन मन्त्री डा. तुम्वाहाङफेले नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरूपको नक्सा सार्वजनिक गरेकाले संविधानको अनुसूची तीनमा रहेको निशान छापलाई वास्तविक सीमा समेटिएको नक्सा अनुरूप मिलाउन संविधान संशोधन प्रस्ताव पेस गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button