तपाईँ सुन्दै हुनुहुन्छः

बजेट माथिको सामान्य छलफल शुरु

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७७–७८ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल शुरु भएको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट माथिको सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले कोरोनोको संक्रमणबाट जीवन रक्षा गर्दै जीवन यापनलाई सहज बनाउने र जनजीवनलाई आवश्यक पर्ने आर्थिक क्रियाकलापहरुलाई निरन्तरता दिने कुरालाई जोड दिदै बजेट प्रस्तुत गरिएको बताउनुभयो ।

उत्पादनमा सम्पूर्ण आर्थिक स्रोतहरुलाई जोड्दै आत्मनिर्भर अर्थतन्त्र अगाडी बढाउनका लागि कृषिका धेरैजसो बस्तुहरुमा आत्मनिर्भर हुदै जाने, कृषिमा रोजगारीको अवसर सिर्जना गर्ने कुरालाई बजेटले प्राथमिकतामा राखेको पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले तत्काल लाभ प्राप्त हुने र जनताले प्रतिफल प्राप्त गर्न सक्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने र आगामी आर्थिक वर्षमा नै निर्माण सम्पन्न हुने चालु अयोजनाहरु रपनि सम्पन्न गर्ने र ठूला आयोजनाहरुलाई पनि निरन्तरता दिई सहज अवस्थामा फेरी अगाडी बढाउन सकिने व्यवस्था गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको बताउनुभयो ।

छलफलमा सत्तापक्ष दलका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट अहिलेको परिस्थिती अनुरुपनै रहेको भन्दै बजेट विगतको तुलनामा खुम्चेर आएको र यसले परिस्थिती संगत रुपले राजस्वमा आउने गिरावट र हाम्रो खर्च गर्न सक्ने क्षमतामा आउने गिरावटलाई ध्यानमा राखेर आएको बताउनुभयो ।

बजेट महत्वकाक्षी नभई सकारात्मक रहेको भएपनि कार्यान्वयन गर्नका लगि भने चुनौतिपूण रहेको बताउनुभयो ।

प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसका सांसद सांसद प्रकाशमान सिंहले बजेट कोरोनाको संक्रमणको जोखिम र महामारीका गुज्रीरहेको अवस्थामा आउन सक्ने जोखिमलाई नजर अन्दाज गरेर सरकारले बजेट ल्याएको बताउनुभयो ।

उहाँले कोरोनाको कारण अवको अवस्थामा राजस्वज संकलन, अन्तराष्ट्रिय सहयोग सहज रुपमा पाउन सक्ने अवस्था नरहेको भन्दै सरकारले कोरोनालई सहज रुपमा लिएर महत्वकांक्षी ढंगले बजेट ल्याएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका संसद राजेन्द्र महतोले बजेट आमनेपाली जनतालाई उत्साहित हुने गरी बजेट आउन नसकेको भन्दै अहिलेको अवस्थालाई ध्यान नदिई पुरानै कार्यक्रमको निरन्तरता दिने हुने गरी आएको बताउनुभयो ।

सासंद एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बजेट हिले संकट समाधान गर्ने गरी नभई पुरानालाई नै निरन्तरता दिने गरी आएको भन्दै सैद्धान्तिक रुपमा कोरोनामा बजेट केन्द्रित जस्तो देखिएपनि प्रभावकारी रुपमा बजेट विनियोजन हुन भने नसकेको बताउनुभयो ।

छलफलमा सत्तापक्षीय दलका सांसदहरुले कोरोनाको महामारिको बीचमा सानो आकारमा बजेट आउनु, खर्च कटौतीको प्रस्ताव राख्नु, स्वास्थ्यमा ९० अर्ब छुट्टयाइनु, राहतका कार्यक्रम तत्कालका लागि प्रतिफल दिने गरी ल्याइनु बजेटको सकारात्मक पक्ष भएले यसको कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँहरुले कोरोनाका कारण स्रोत खुम्चीएको, लकडाउन लम्बिरहेको अवस्थामा वास्तविकताका आधारमा अर्थतन्त्रलाई चलामायन बनाइराख्ने, मानवीय सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर र लक्ष्य प्राप्त गर्ने गरी बजेट आउनु सकारात्मक भएको भन्दै बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सवै पक्ष क्रियाशिल बन्नु पर्ने बताउनुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले संकटको ध्यान नदिई राजस्व बढ्ने अनुमान गरिएको भएपनि त्यसको स्पष्ट आधार दिन नसकिएको बताउदै वैदेशिक ऋण र अनुदान कुनै ग्यारेन्टि विना नै बढाउन नहुने बताउनुभयो ।

उहाँहरुले परम्परागत भूमि नीति अनुसार बजेट आएको, आजको आवश्यकता पुरा गर्न सरकार स्रोत जटाउन गम्भीर बन्न नसकेको, अन्तरिक स्रोत बढाउन बजेटले ध्यान नदिएको आरोप लगाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button