तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा गाडी दुर्घटना, १२ जनाको मृत्यु

नेपालगन्ज  । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ठुरिया जङ्गलमा गए राती १२ बजेतिर गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । भारतबाट आएर नेपालगन्जको जमुनाहा नाका हुँदै सल्यान जान लागेकाहरू दुर्घटनामा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । शवहरू भेरी अस्पतालमै राखिएको छ ।

मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button