तपाईँ सुन्दै हुनुहुन्छः

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४३ जना नयाँ बिरामी थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ ।

यसअघि आइतबार दिउँसोसम्म देशभर १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button