तपाईँ सुन्दै हुनुहुन्छः

“विनियोजन विधेयक, २०७७” प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले “विनियोजन विधेयक, २०७७”, राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” प्रस्तुत गर्नुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” प्रस्तुत गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीलेको तर्फबाट कानुन, मन्त्री डा. तुम्वाहाङफेले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेस गर्नुभयो । .

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७७” पेस गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button