तपाईँ सुन्दै हुनुहुन्छः

स्वचालित हतियार सहित एक जना पक्राउ

जनकपुरधाम । प्रदेश नं. २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले अटोमेटिक ( स्वचालित ) हतियार सहित एक जना यूवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी लोहरपट्टी नगरपालिका वडा नंं ८ घर भएका सर्दिक कवारीको छोरा वर्ष २० को डि.के. भन्ने आजेजुल राईन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा खोज तलास गर्दै जादा धनुषा जिल्लाको जनकपरधाम उपहानगरपालिका वडा नंं १७ बलौनी स्थित राम लोचन पासवानको आपँको बगैचावाट नीजको शरिर तथा ज ४ प ३९३३ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा राईनले लगाएको हेलमेट र मोटरसाईकलबाट अटोमेटिक पेस्तोल १ थान तथा त्यसमा प्रयोग गरिने म्यागजिन ३ थान र पेस्तोलमा लाग्ने गोली ५ राउण्ड तथा चक्कु १ थान बरामद गरेको छ ।

पक्राउ परेका राईनलाई नियन्त्रणमा लिईएर आवश्इक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई निज माथि थप अनुसन्धान गर्ने काम भईरहेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button