तपाईँ सुन्दै हुनुहुन्छः

बाँके दुर्घटनाका सबैको पिसिआर रिपोर्ट नेगेटिभ

नेपालगञ्ज । बाँकेमा गएराति भएको दुर्घटनामा मृत्यु र घाइते भएका सबै ३३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ ठूरिया जंगलमा गएराति १२ बजे भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका छन् । भारतबाट आएका व्यक्तिहरुलाई नेपालगञ्जदेखि दाङ, सल्यान र रोल्पा लिएर जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button