तपाईँ सुन्दै हुनुहुन्छः

तिब्बत सरकारद्वारा प्रदेश १ सरकारलाई सहयोग

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणका लागी तिब्बत सरकारले प्रदेश न १ को सरकारलाई. ७ करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री शेरधन राईलाई चीन नेपाल कार्यकारी परिषद् प्रदेश नं.१ का संयोजक मुकेश उपाध्यायले एक कार्यक्रमा विच हस्तान्तरण गर्नुभयो ।

प्राप्त सामाग्री हरुमा पिसिआर मेशिन दुइथान, भेन्टीलेटर तिन थान, एक्सरे पोर्टेवल मेशिन एकथान, आरडिटी किट १० हजार थान, भिटीएम भाएल १० हजार थान, स्वाव स्टिक २० हजार थान, सर्जिकल माक्स तथा सर्जिकल ग्लोव्स रहेका छन ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले शुरु देखि नै प्रदेश सरकारले प्रदेस न १ मा कोरोना रोकथाम, नियन्त्रण एवं उपचारका लागि उच्च सतर्कता अपनाएकाले कोरोनाको उपचार एवं रोकथाममा सरकारलाई सफलता मिलेको बताउनुभयो ।

उहाँले तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च वनाएको बताउदै प्रदेश न १ मा पिसीआरवाट ५० हजार मानिसको परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा परिषद्का संयोजक उपाध्यायले तिब्बत सरकारबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने कुरामा जोड दिनुभयो । प्रदेस न १ मा आहिले सम्म ८ हजार जनाको पिसिआर परिक्षण भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button