तपाईँ सुन्दै हुनुहुन्छः

३८ सय कन्टेनर सामान थुप्रिएपछि बन्दरगाहमा समस्या

वीरगञ्ज । लकडाउनको कारण सामान थुप्रिएपछि सिर्सिया सुख्खा बन्दरगाह वीरगञ्जले रेल मार्फत आएका कन्टेर सिधै गन्तव्य तर्फ लैजान व्यवसायीलाई आग्रह गरेको छ ।

वीरगञ्जको सिर्सिया स्थित सुक्खा बन्दरगहामा मालसमान राख्ने ठाउँ नभएपछि भारत वा तेस्रो मुलुकबाट आयात गरिएको कन्टनेरहरु रेल मार्फत वीरगञ्ज आउना साथ लैजानका लागि बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनलले व्यवसायीलाई आग्रह गरेको छ ।

बन्दरगाहको यार्डमा ३ हजार ८ सय कन्टेनर अलपत्र रहेको तथा करिब २ हजार ३ सय ५० कन्टेनर बोकेको २५ रेल कोलकात्ता र विशाखापटनमबाट वीरगञ्ज आउँदै गरेको हुँदा चाडै कन्टनेर उठाउने काम नभएमा भारतबाट समान लिएर रेल आउन नसक्ने अवस्था सृजना भएको हिमालयन टर्मिनलका प्रमुख कार्याकारी अधिकृत विष्णुकान्त चौधरीले बताउनु भयो ।

बन्दरगाहमा १ हजार ५ सय ८६ कन्टनेर राख्ने क्षमता भएकोमा हाल ३ हजार ८ सय कन्टनेर थुप्रिएको हुँदा व्यवसायीलाई तत्काल सामान लैजान आग्रह गरिएको चौधरीले बताउनु भयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले गाडी र चालक नपाइरहेको अवस्थामा समान उठाउन समस्या भएको बताउनु भयो ।

लकडाउनको समयमा पनि उद्योग व्यवसाय संचालन गर्ने सहज वातावरण सरकारले निर्माण गरि दिनु पर्ने कुरामा व्यवसायीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button