तपाईँ सुन्दै हुनुहुन्छः

गौरीफन्टा नाकाबाट दुइ सातामा ४४ हजार बढी भित्रिए

धनगढी । कैलालीको नेपाल–भारत सिमानाका गौरीफन्टाबाट पछिल्लो दुइ साताको अवधिमा ४४ हजार भन्दा बढी नेपाली भित्रिएका छन् ।

भारतमा रोजगारी गर्ने करिव ४४ हजार २ सय नेपाली गौरीफन्टा नाकाबाट कैलाली भित्रिएको स्थानीय प्रशासनले जनाएको छ । उनीहरुलाई सिमामक्षेत्रमा ज्वरोमापन देखि सामान्य स्वास्थ्य परिक्षण गरी नेपाल भित्र्याउने गरिएको छ ।

नेपाल भित्रिएकाहरुलाई स्थानीय तहको समन्वयमा सम्बन्धित जिल्लामा पठाइने गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवं जिल्ला संकट ब्यवस्थापन समितिका सदस्य–सचिव शिवराज जोशीले बताउनु भयो । नेपाल प्रवेश गर्नेहरुको संख्या दिनहु बढ्दै जादा व्यवस्थापनामा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

यसैबीच, १ हजार ५ सय भारतीय नागरिकलाई धनगढीबाट गौरीफन्टा नाका हुदै भारतमा पठाइएको छ । सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वयमा उनीहरुलाई भारत पठाइएको उहाँले बताउनु भयो ।

सरकारले भारतमा रहेका नेपालीहरुलाई कैलालीको गौरीफन्टा नाका र कंचनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button