तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको भीम फेदीमा सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध

मकवानपुर । सुख्खा पहिरो जाँदा काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भिमफेदी–कुलेखानी–काठमाण्डौं सडक खण्ड अवरुद्ध भएको छ ।

भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक मङ्गलवार बिहान सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सकड अवरुद्ध हुँदा काठमाडौँ जाने अत्यावश्यक सवारीका साधन, एम्बुलेन्स, लगायतका सवारी साधन रोकिएका छन् ।

सडक बिहानैबाट अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पहिरोको कारण मदन भण्डारी मार्ग अन्तरगतको सो सडक अहिले पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छ्याउन साँझसम्म लाग्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button