२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा क्वारेनटाइनमा बसेका एक महिलाका मृत्यु

सीपी लोहिया २०७७ जेठ २० गते १०:४९

बैतडी । बैतडीमा क्वारेनटाइनमा बसेका एक महिलाका मृत्यु भएको छ ।

जिल्लाको पुरचौडी नगरपालिका– ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसेका भटनाकै २२ वर्षीय सुनिता लुहारको मृत्यु भएको हो ।

मुटु रोगको बिरामी रहेका लुहारको आज बिहान ५ः०० बजे मृत्यु भएको भटना स्वास्थ्य चौकीका इन्चार्ज रोहित कुमार धानुकले बताउनुभयो । लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट आउनु भएकोमा १८ गतेदेखि क्वारेनटाइनमा बस्नुभएको थियो ।

मृतकसहित उहाँसँगै बसेका चार जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने भएको छ ।

मृतक लुहारका श्रीमान् र ३ छोराछोरी रहेका छन् ।

मृतक भारतको पन्जाबमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उहाँका श्रीमान् हरिश लुहारले बताउनुभयो ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

६ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

६ घन्टा अगाडि गुरमुरत यादव