तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

फाइल तस्बिर

हेटौँडा –  वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button