तपाईँ सुन्दै हुनुहुन्छः

अवैध कारोबारमा संलग्न आठ जना पक्राउ

सप्तरी । लकडाउनका बेला भन्सार छलि अवैध रूपमा चोरी तस्करी कार्यमा संलग्न रहेको आरोपमा एकै दिन प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजविराज नगरपालिकाका २७ वर्षीय मुरारी साह, ३५ वर्षीय कृष्णकुमार मण्डल र ४० वर्षीय रमेश मण्डल छन् ।

यसै गरी रुपनी गाउँपालिकाका ४६ वर्षीय बिन्दीलाल यादव, ४५ वर्षीय किशुन साह, शम्भुनाथ नगरपालिकाका ३० वर्षीय सन्तोष पाल र राज गढ गाउँपालिकाका १६ वर्षीय विकासकुमार साह र १७ वर्षीय सोनुकुमार साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट करिब तीन लाख मूल्य बराबरको पान मसला, गुट्खा, खैनी ,मदिरालगायतका अवैध सामाग्री बरामद गर्नुका साथै चोरी निकासी प्रयोजनका लागि प्रयोग गरिएको चार वटा मोटरसाइकल र एक वटा सिटी रिक्सा समेत नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button