तपाईँ सुन्दै हुनुहुन्छः

बाग्लुङको बडिगाड गाउँपालिकाबाट ११ दिनकी सुत्केरी हेलिकप्टर मार्फत उद्धार

बाग्लुङ । बाग्लुङको वडिगाड गाउँपालिका वडा नं. १ मा ११ दिने सुत्केरिको हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ । Post partum eclmpsia (पोष्ट पार्टम इक्ल्यमसिया) को कारण बेहोस भएकी २२ वर्षिय सरस्वती पोखरेललाइ घरबाटै उद्धार गरी पोखरा पठाएकोे बडिगाड गाउँपालिकाले जनाएको छ । पोखरेल ११ दिन अगाडि स्थानिय वर्थिङ सेन्टरमा सुत्केरी भएकी थिइन। बच्चाको अवस्था सामान्य रहेको वडा नं. १ का अध्यक्ष बोम बहादुर थापाले जानकारी दिनुभएको छ ।

राष्ट्रपति मातृ सुरक्षा कार्यक्रम अन्र्तरगत जिल्ला प्रशासन कार्यालय बाग्लुङ, सामाजिक विकास मन्त्रालय पोखरा तथा गृह मन्त्रालय काठमाडौं संगको समन्वयमा उद्धार गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ । पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button