तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को चौथो अधिवेशन भोली शुरु हुँदै

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सभाको चौथो अधिवेशन भोली देखि शुरु हुन लागेको छ । बैठकका लागि प्रदेश सभा सचिवालयले तयारी पुरा गरेको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिनु भएको छ ।

कोरोनाका महामारीलाई ध्यानमा राखेर सिटको व्यवस्थापन गर्ने काम भएको छ । प्रदेश सभाको क्षमता कम भएका कारणले यस पटक सञ्चारकर्मीलाई प्रवेश गर्न नदिए पनि यू टुव तथा अन्य सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाईएकाले समाचार संकलन तथा सम्प्रेषणमा कुनै कठिनाई नहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

भोली दिउँसो १ बजे बोलाईएको प्रदेशसभा बैठकको शुरुमा प्रदेश प्रमुख तिलक परियारले पठाउनु भएको चौथो अधिवेशनको शुभकामना सन्देश सभामुख सरोज कुमार यादवले पढेर सुनाउने कार्यसूची तय गरिएको निमित्त सचिव यादवले जानकारी दिनु भयो ।

यस पछि विभिन्न दलका संसदीय दलका ंनेताहरुले प्रदेश सभाको चौथो अधिवेशनमा शुभकामना दिनु हुने कार्यसूची रहेको छ । भोलीको वैठकमा नै प्रदेश नंं २ का आर्थिक विकास तथा योजनामन्त्री विजय यादवले प्रि बजेट प्रस्तुत गर्ने कार्यसूची बनाउने काम भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनको रुपमा रहेको चौथो अधिवेशनमा अगामी असार १ गते प्रदेश नंं २ का सरकारको तर्फवाट आर्थिक विकास तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७ú७८ का लागि नीति तथा कार्यक्रम अर्थात बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सभाका पुराना टेवल तथा कुर्सीहरु हटाएर नयाँ कुर्सी राखी भर्चुअल बैठकको व्यवस्था गरिईएको प्रदेश सभाका अडियो तथा भिडियो गर्ने जिम्मा पाउनु भएका रेडियो नेपालका एवं प्रदेश सभाका प्राविधिक अधिकृत ईन्द्रकुमार बहरखेल यादवले जानकारी दिनु भएको छ ।

यसका साथै प्रवेश गर्ने विन्दुमा सबैको तापक्रम जाँच गर्नुका साथै मास्क तथा सेनिटाईजरको प्रयोग गर्नका लागि अनिवार्य गरिएको छ । प्रदेश सभाका सबै सदस्य, कर्मचारी तथा सुरक्षा कर्मीको पी सी आर परीक्षण पनि गरिएको छ । यस अघि नै प्रदेश सभा वस्ने सभा कक्षलाई सेनिटाईज पनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button