तपाईँ सुन्दै हुनुहुन्छः

एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु

पाल्पा । पाल्पामा आइसोलेसनमा रहेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ बर्षिय रामबहादुर दिशा मगरको मिसन अस्पतालको आईसोलेसमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

मृतक दिशा मगरलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण रहेको भए पनि स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

भारतको मुम्वईबाट नेपाल आएका मगर १८ गतेदेखि पूर्वखोला २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका उनको स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । मृत्युपछि पुन स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button