तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । कान्तिलोकपथ सडक खण्ड अन्तरगत हेटौंडा–६ चौघडामा ट्रकको ठक्करबाट स्कुटर चालक स्थानीय श्याम बलामीको ज्यान गएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाईते बलामीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । कान्तिलोक पथ अन्तर्गत हेटौंडा–६ चौघडामा बा २ क ७११० नम्बरको ट्रकले बलामीले चलाएको अनटेष्ट स्कुटरलाई ठक्कर दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button